खेलकुद

लिग विजेताको हारसँगै युभेन्टसको च्याम्पियन लिग खेल्ने आशा कायमै


काठमाडौँ – इटालियन सिरी ए लिग जितिसकेको इन्टर मिलान पराजित भएको छ । साबिक विजेता युभेन्टसले लिग विजेता इन्टरलाई ३–२ गोलले हारउदै जित हात पारेको हो । शीर्ष चारमा छनोट हुने संभावना कायमै राखेकोे छ ।

क्रिष्टियानो रोनाल्डोले खेलको २४ औं मिनेटमै युभेन्टसलाई अग्रता दिलाएका थिए । ३५ औ मिनेटमा रोमेलु लुकाकुले युभेन्टसबाट पेनाल्टीमार्फत बराबरी गोल फर्काए । इन्जुरी समयमा जुवान क्वाडराडोले गोल गरेपछि युभेन्टस्ले २–१ को अग्रता लियो । तर ५५ औं मिनेटमा रोड्रियो बेन्टानकरले रातो कार्ड खाएपछि युभेन्टस् दबाबमा प¥यो ।

निकै प्रतिष्पर्धात्मक बनेको खेलको ८३ औं मिनेटमा जर्जियो चेल्लिीनीले आत्मघाती गोल गर्दा उसले अग्रता पनि गुमायो । तर, क्वाडराडोले ८८ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेपछि १० खेलाडीमा सिमित युभेन्टस्ले फेरि अग्रता लियो । खेलको अन्त्यमा इन्टरका मार्सेलो ब्रोजोभिकले पनि रातो कार्ड खाएका थिए ।

युभेन्टसले लिगमा अन्तिम एक खेल खेल्न बाँकी छँदा ७५ अंक बटुलेको छ । लिगको दोस्रो स्थानमा रहेको एटलान्टाको ७८ अंक, तेस्रो स्थानमा रहेको मिलानको ७५ अंक र पाँचौ स्थानमा रहेको नापोलीको ७३ अंक छ । तर, नापोली र मिलानले लिगमा अझै दुई खेल खेल्न बाँकी छ । लिग गुमाइसकेको युभन्टसले शीर्ष चारमा पर्नका लागि संघर्ष गर्दै छ । योजितसँगै युभेन्टसले च्याम्पियन्स लिगमा छनोट हुने आशा कायम राखेको छ । तर, अन्तिम चारमा पुग्न युभेन्टसले अरुको खेलको नतिजामा पनि भर पर्नुपर्ने छ ।