खेलकुद

रोनाल्डोको कीर्तिमानी गोलसँगै युभेन्टसको जित


काठमाडौँ – पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अहिले आफूले खेलिरहेको क्लब युभेन्टसबाट सय गोल पूरा गरेका छन् । उनले यो उपलब्धी तेस्रो सिजनको अन्त्यतिर आएर भेटाएका हुन् । रोनाल्डोको कीर्तिमानी गोलसँगै युभेन्टसले च्याम्पियन्स लिगका लागि छनोट हुने सम्भावना कायमै राखेको छ । रोनाल्डो युभेन्टसको इतिहासमै सबैभन्दा छिटो एक सय गोल गर्ने खेलाडी बन्न सफल भएका छन् ।

May be an image of 1 person, playing football, grass and stadium

उनले बुधबार सिरी ए मा साउसलो विरूद्ध ४५ औं मिनेटमा गोल गर्दै ईतिहास रच्न सफल भएका हुन् । रोनाल्डोले जुभेन्टसका लागि १३१ खेलमा १०० गोल गरेका छन् र तीन सीजन वा त्यसभन्दा कम समयमा सय गोल गर्ने युभेन्टसका पहिलो खेलाडी बने । सो खेलमा ससुलोलाई ३–१ ले हराएको थियो ।
युभेन्टसका लागि रोनाल्डोसँगै एडरिन राबोट र पउलो ड्याबेलाले पनि गोल गरे । यो जितपछि युभेन्टस ३६ खेलबाट ७२ अंकमा पाँचौं स्थानमा रहेको छ ।

May be an image of 2 people, people standing, people playing football, stadium and outdoors
May be an image of 1 person, playing football and outdoors
May be an image of 1 person, playing a sport and grass