कोरोना विशेष

सीसीएमसीको आकस्मिक बैठक जारी, अक्सिजन अभावका कारण अस्पतालमा भर्ना बन्द


काठमाडौँ – कोरोनाको संक्रमित र मृतकको संख्या बड्दै गएपति अस्पतालमा अक्सिजन अभाव हुँदा अस्पतालले बिरामी लिन छाडेको छ । यसै विषयमा छलफल गर्न अहिले कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आकस्मिक बैठक जारी रहेको छ। सिंहदरबारस्थित सचिवालयस्थित बसिरहेको बैठकमा अस्पतालहरुलाई थप अक्सिजन व्यवस्थापनका बारेमा छलफल भइरहेको छ ।

अक्सिजन अभावकै कारण निजी अस्पतालहरुले नयाँ बिरामी भर्ना गर्न बन्द गरेका छन्। अक्सिजन पुर्याउन नसक्नदा कयौं विरामीले ज्यान गुमाउनु परेको छ । सीसीएमसीले सोमबार आफूले सिफारिस गरेको अनुसार मात्र अक्सिजन दिन अक्सिजन उत्पादक कम्पनीहरुलाई भनेको थियो । यसै कारण अहिले अक्सिजनको अभाव सुरु भएको हो । सीसीएमसीले ९ वटा उत्पादक कम्पनीलाई सिफारिस गरेको हो ।
सीसीएमसीको सिफारिस अनुसार सबैभन्दा धेरै वीर अस्पताललाई ३ सय सिलिण्डर दिन र बाँकी ठूलो अस्पताललाई बढीमा १ सय ५० वटा अक्सिजन उपलब्ध गराउन भनेको थियो । तर त्यति सिलिन्डरले बिरामीलाई अपुग भएको भन्दै अस्पतालहरुले बिरामी भर्ना गर्न छाडेका हुन्।