कोरोना विशेष

कोरोनाले १२ जनाको मृत्यु,भर्ना भएदेखि निधनसम्मको डाटा इन्ट्री गर्नै नसकिने


काठमाडौँ – लुम्बिनी प्रदेशमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा ७ जना रुपन्देहीका, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक–एक जना छन् ।
मृतक १२ मध्ये ११ जना पुरुष र एकजना महिला रहेको छन् । उनीहरुमध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म, ४ जनाको सोमबार दिउँसो साढे ४ बजेपछि राति १२ बजेसम्म, २ जनाको २६ गते र एकजनाको २४ गते दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा संक्रमितको संख्या र मृतकको संख्यामा वृद्धि आउनाका साथै सूचना प्रविधिमैत्री जनशक्तिको कमी हुँदा संक्रमितको भर्ना भएदेखि निधनसम्मको डाटा इन्ट्री गर्नै नसकिने अवस्था आएको सूचना अधिकारी डा.विष्णु गौतम बताएका छन् । मृत्यु भइसकेपछि पनि ढिलो गरी सूचना आउनुका कारण संक्रमितको शव व्यवस्थापन रहेको उनले जानकारी दिए ।