खेलकुद

एनएसएलमा आजदेखि प्लेअफ खेल सुरु, पहिलो खेलमा काठमाडौँ र धनगढी भिड्ने


काठमाडौँ – नेपालको पहिलो फुटबल फ्रेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको फुटबलमा आजदेखि प्ले अफका खेल सुरु हुँदैछन् । प्ले अफको पहिलो खेलमा आज बेलुकी साढे पाँच बजे लिग चरणको अंकतालिकाको पहिलो स्थानमा रहेको काठमाडौँ रेजर्स र दोस्रा स्थानको धनगढी एफसी प्रतिष्पर्धा गर्दैछन् ।

काठमाडौँले ६ खेलमा चार खेल जित्दै १३ अंक बटुलेर अन्तिम चारमा पुगेको हो भने धनगढी १० अंकका साथ दोस्रो स्थानमा छ । लिग चरणको खेलमा धनगढीले काठमाण्डौलाई ३–० गोलले हराएको थियो ।

आज जित्ने टोली सिधै फाइनलमा पुग्नेछ । हार्ने टोलीले भने बुटवल लुम्बिनी र ललितपुर सिटीबीचको विजेतासँग इलिमिनेटरमा खेल्नेछ । प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही १ लाख रुपैयाँ पाउने छन् ।