कोरोना विशेष

कोरोना नियन्त्रणको उत्तम विकल्प कोरोना सर्न नदिनु हो : प्रधानमन्त्री ओली


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणको उत्तम विकल्प भनेको कोरोना सर्न नदिने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको दोस्रो बैठकमा सम्बोधन गर्दै कोरोना नियन्त्रण गर्न उत्तम विकल्प भनेको कोरोना सर्न नदिनु भएको बताउनुभएको छ ।

साथै बैठकमा उहाँले सरकारले गर्नुपर्ने हरेक काम गरिरहेको समेत बताउनु भयो । प्रधानमन्त्री ओलीले यो अवस्थामा सबैले हातेमालो गरेर कोरोना भाइरसविरुद्ध लड्न र सबै पक्ष एकजुट भएर लडाइमा सामेल हुन समेत आग्रह गर्नुभयो ।