राजनीति

ओलीलाई दिएको समयसिमा अहिले नौ बजे सकिदै


काठमाडौँ – नेकपा एमालेका झलनाथ खनाल–माधव नेपाल समूहका नेताहरुले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी एकताबद्ध बनाई सहमतिको आधारमा सञ्चालन गर्नका निम्ति दिएको समयसिमा आज बिहान ९ बजेसम्म सकिदै छ । पार्टीलाई एकताबद्ध बनाउनका लागि खनाल–नेपाल पक्षले आज नौ बजेसम्मका लागि समयसिमा तोकेका थिए ।
पार्टी एकताको विषयमा आफूहरु अन्तिम समयसम्म पनि तयार भएको नेता योगेश भट्टराईले बताए थिए । त्यसैको फलतः आज विहान ९ बजेसम्मका लाथि समयसिमा तोकिएको हो । ओलीले २०७५ फागुन २ गतेको अवस्थामा फर्किने र फेरि पार्टी सहमतिका साथ सञ्चालन गर्ने प्रतिवद्धता आए संसद्मा उपस्थित हुने नभए कठोर निर्णय गर्ने निष्कर्ष निकालेको नेताले भट्टराईले जानकारी दिए ।आज प्रतिनिधिसभाका माननीय सदस्यलाई आज विहान साढे नौ बजे संसद् सचिवालयमा निमन्त्रणा गरेको पनि बताएका छन्