काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्रीबाट राजीनामा दिएस पुनः मुख्यमन्त्री बनेका शंकर पोखरेलविरुद्ध फेरी अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेश प्रमुख दलहरुसँग परामर्श नगरी संविधान विपरीत पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै चार दलले प्रदेशसभामा फेरि अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको हो । यसअघि ६ वैशाखमा पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । उनीहरुले दिएको समावेदनका आधारमा १९ वैशाखमा प्रदशेसभाको विशेष अधिवेशन बोलाइएको थियो । तर अधिवेशन सुरु हुनु अघि नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिए र बहुल बहुमतको सरकारको दाबी गरे । अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुले आफूहरुको पक्षमा बहुमत भएको दाबी गरेपनि प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरेका थिए ।
चार दलले माओवादी संसदीय दलका नेता केसीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।
![](https://i0.wp.com/www.onlinekhabar.com/wp-content/uploads/2021/05/Motion-of-no-confidence-At-Lumbini-1.jpg?w=720&ssl=1)
![](https://i0.wp.com/www.onlinekhabar.com/wp-content/uploads/2021/05/Motion-of-no-confidence-At-Lumbini-2.jpg?w=720&ssl=1)
![](https://i0.wp.com/www.onlinekhabar.com/wp-content/uploads/2021/05/Motion-of-no-confidence-At-Lumbini-3.jpg?w=720&ssl=1)
![](https://i0.wp.com/www.onlinekhabar.com/wp-content/uploads/2021/05/Motion-of-no-confidence-At-Lumbini-4.jpg?w=720&ssl=1)
प्रतिक्रिया