कोरोना विशेष

बाजुरामा कोरोनाका कारण वडाध्यध्यको मृत्यु


काठमाडौँ – नेपालको पश्चिमी जिल्ला बाजुरामा कोरोनाका कारण वडाध्यक्षको मृत्यु भएको छ । शनिबार बडिमालिका नगरपालिका–९ का वडाध्यक्ष बिनोद कुमार विकको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

वडाध्यक्ष विक विगत एक हप्तादेखि बिरामी थिए । उनलाई शनिबार कोरोना पुष्टि भएको र थप उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले जानकारी दिए ।