खेलकुद

पोखराको जितसँगै चितवन एनएसएलबाट बाहिरियो


काठमाडौँ – नेपालमा पहिलो पकट आयोजना गरिएको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) बाट बाहिरिने पहिलो टिम एफसी चितवन बनेको छ । पोखरा थन्डर्ससँग पराजित हुदै चितवन प्रतियोगिताबाट बाहिवरिएको हो ।

आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा पोखरा थण्डर्सले चितवनलाई २–१ गोलले पराजित गरेको हो । सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा चितवन पराजित हुन पुगेको हो । पोखरालाई जित दिलाउन नवयुग श्रेष्ठ र राफायल रिमगागोले एक एक गोल गरे । चितवनका लागि भने शिशिर लेखिले एक गोल गरेका थिए ।

रोमान्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा दुबै टोलीले केहि गोलको अवसर भने सिर्जना गरेको थियो । धनगढीको जितमा दर्शन गुरुङले उत्कृष्ट निर्णायक गोल गरे ।

पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफ भने निकै नै रोमाञ्चक बनेको थियो । १० खेलाडीमा सीमित चितवनलाई खेलको ७२ औं मिनेटमा शिशिर लेखिले गोल गर्दै १– ० कोअग्रता दिलाए । उनले बक्स बाहिर मैदानको दायाँ भागमा गरेको सशक्त प्रहार टप पोस्ट बारबाट गोलमा परिणत भएको थियो । ८२ औ मिनेटमा गोलकिपर विशाल सुनार रातो कार्ड प्राप्त गर्दै मैदानबाट बाहिरिएका थिए ।
नवयुग श्रेष्ठले ८६ औं मिनेटमा गोल गर्दै पोखरालाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयको चौंथो मिनेटमा रिमगागोले गोल गर्दै पोखरालाई २–१ को महत्वपूर्ण जित दिलाए ।
जितसँगै पोखराले ६ खेलमा ८ अंक जोडेको छ । पोखरा तेस्रो स्थानमा उक्लिएको छ । यो जितले पोखराको प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।चितवनले भने ५ खेलमा २ अंक जोडेको छ । चितवन पुछारमा रहेको छ । चितवनले अब अन्तिम एक खेल खेल्न बाँकी रहेको छ । उक्त खेल जितेपछि चितवनले शीर्ष चारमा स्थान बनाउने छैन ।