राजनीति

सभापति देउवासहित कांग्रेसका नेता र एमाले नेता रावलबीच वार्ता


काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले कांग्रेस सभापति शेरबहादुर देउवासहित उहाँका पार्टी नेता महामन्त्री पूर्णबहादुर खड्का र प्रमुख सचेतक बालकृष्ण खाँणसँग वार्ता गरिरहनु भएको छ । रावलले अहिले सभापति देउवा निवास बूढानीलकण्ठमा उहाँहरुसँगे वार्ता गरिरहनु भएको छ ।

नेपालमा चलिरहेको पछिल्लो राजनीतिक घटनाक्रम पछि एमालेका नेताहरु दौडधुपमा लागिरहेका छन् । यसअघि पनि बिहीबार साँझ एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस सभापति देउवाबीच छलफल भएको थियो । त्यसक्रममा पनि नेता रावल त्यहाँ पुग्नु भएको थियो ।