कोरोना विशेष

प्लाज्मा दान गर्न मेयर शाक्यको आग्रह


काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयेर विद्यासुन्दर शाक्यले विज्ञप्ति जारी गर्दै प्लाज्मा दान गर्न आग्रह गर्नु भएको छ । शाक्यले अहिलेको यो विषम् परिस्थितिमा एकले अर्कालाई सकेको सहयोग गर्नु पर्ने भन्दौ प्लाज्मा दान गर्न आग्रह गर्नु भएको हो ।

यतिबेला अस्पतालमा उपचाररत धेरै बिरामीलाई प्लाज्मा चाहिएको छ । यसका लागि प्लाज्मा दान गर्न सक्ने व्यक्तिहरूले प्लाज्मा दान गरिदिन अपिल गर्दछु,


शुक्रबार एक विज्ञप्तिमार्फत मेयर शाक्यले कोरोनाका बिरामीलाई अहिले प्लाजमाको अ‍ावश्यक रहेका दान गर्नु पर्ने बताउनु भएको छ । मेयरले जारी गरिएको विज्ञप्तिमा “यतिबेला अस्पतालमा उपचाररत धेरै बिरामीलाई प्लाज्मा चाहिएको छ । यसका लागि प्लाज्मा दान गर्न सक्ने व्यक्तिहरूले प्लाज्मा दान गरिदिन अपिल गर्दछु,” उल्लेख छ ।
मेयर शाक्यले केन्द सरकार, प्रदेश सरकार तथा अन्य नगरपालिकासँग पनि समन्वय गरेर ठूला अस्पतालमा बिरामीको चाप घटाउन महागनरले प्रयास गरिरहेको उहाँको भनाई छ ।