राजनीति

आगलागीका कारण खोप खरीद गर्ने अवस्था छैन : स्वास्थ्य मन्त्रालय


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल थप कोभिशिल्ड खोप खरीद गर्ने अवस्था नरहेको जनाएको छ।

कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुने बित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ, थप ५० लाख मात्र कोभिशिल्ड खोप खरीद गर्ने अवस्था हाललाई रहेको छैन।

शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले प्रेस विज्ञप्ति जारी गरी अहिलेको अवस्थामा भारतबाट थप कोभिशिल्ड खोप खरीद गर्नसक्ने अवस्था नरहेको जनाएका हुन्। यसअघि भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाबाट कोभिशिल्ड खोप खरीद गरेको जनाउँदै विज्ञप्तिमा भनिएको छ, “सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुने बित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ, थप ५० लाख मात्र कोभिशिल्ड खोप खरीद गर्ने अवस्था हाललाई रहेको छैन।”

भारतले सेरमबाट उत्पादित १० लाख कोभिशिल्ड खोप अनुदानमा दिएको थियो। त्यसलाई लगाउन थालेसँगै नेपालले थप २० लाख खोप खरीद गरेको थियो। त्यसमध्ये १० लाख डोज नेपाललाई दिएको छ भने १० लाख डोज दिन बाँकी छ। 

May be an image of text