कोरोना विशेष

नेपालमा अहिलेसम्मकै उच्च संक्रमण, एकैदिन कोरोनाले ५४ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१ हजार १ सय ४२ जनाको पीसीआर परीक्षण गर्दा यो संख्यामा संक्रमित पाइएका हुन् । २० हजार ३६७ पीसीआर परीक्षणमा ८ हजार ९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ । आज देशभर २ हजार ७०७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमणका कारण थप ५४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५२९ पुगेको छ ।