समाचार

व्यववसायीले मानेन स्वास्थ्य मन्त्रालयको अनुरोध


काठमाडौँ – अक्सिजन ग्यास उद्योग व्यवसायीहरुले सरकारको निर्णय नमानेको आरोप लगाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमणको कारण अक्सिजन अभाव हुने भएकाले उद्योगधन्दामा अक्सिजन प्रयोग नगर्न भनेको थियो। तर, अहिले पनि ठूलो परिमाणमा उद्योगधन्दामा अक्सिजन प्रयोग भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दावी गरेको छ।
मन्त्रालयले अहिलेको महामारीमा अक्सिजन खपत गर्ने उद्योग सञ्चालन गरेमा कारबाही गर्ने भनिए पनि व्यवसायीहरुले त्यसलाई नजरअन्दाज गरेको छ । अनुगमनका क्रममा मन्त्रालयको निर्णयविपरीत अक्सिजन खपत हुने उद्योगहरु चलाइएको पाइएकाले कारबाहीको चेतावनी दिएको छ ।

त्यस्तै, अनुगमनका क्रममा खाली सिलिन्डर सप्लायर्स तथा उद्योगमा भन्डारण गरेर राखिएको पाइएकाले तुरुन्त अक्सिजन भरी अस्पतालहरुमा पठाउन पनि निर्देशन दिइएको छ ।

कोरोना संक्रमितका लागि अक्सिजन सिलिन्डर अपर्याप्त भइरहेको अवस्थामा अक्सिजन खपत गर्ने उद्योगहरु बन्द गर्न मन्त्रालयले पटक–पटक अनुरोध गर्दै आएको छ ।

May be an image of text