कोरोना विशेष

२४ घण्टामा विश्वभर १४ हजार संक्रमितको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घन्टामा विश्वभरको तथ्यांक हेर्दा १४ हजार बढी कोरोना संक्रमितको मृत्यु भएको छ। त्यो मध्ये नेपालको छिमेकी मुलुक भारतमा मात्रै करिब ४ हजार संक्रमितको मृत्यु भएको छ । भारतमा मृतकको संख्यासँगै संक्रमितको संख्या पनि निरन्तर उकालो लागिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा चार लाख १२ हजार नयाँ संक्रमित थपिएको छ । यो संख्या विश्वभरको संक्रमित संख्यामा सबैभन्दा बढी हो ।

त्यस्तै छिमेकी मुलुक भारतसँगै ल्याटिन अमेरिकी देश ब्राजिलमा पनि दोस्रो लहरको कोरोना भइरस तीव्र रुपमा फैलिरहेको छ । त्यहाँ पनि ७५ हजार संक्रमित थपिएका छन् भने करिब २८ सय संक्रमितको मृत्यु भएको छ। अमेरिकामा केही समयअघि रफ्तारको गतिमा फैलिरहेको संक्रमित अहिले भने अन्यको देशको तुलनामा केही कमी आएको छ । अमेरिकामा ४६ हजार संक्रमित थपिएका छन् भने ७४३ जना संक्रमितको मृत्यु भएको छ। यो संख्या पहिलो तुलनामा धेरै सामान्य हो ।

त्यस्तै फ्रान्समा २६ हजार संक्रमितको मृत्यु भएको छ भने २४४ जना संक्रमितको मृत्यु भएको छ। टर्कीमा भने २६ हजार संक्रमित थपिएका छन् भने ३५६ जना संक्रमितको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनले यो आँकडा झनै बढ्नसक्ने बताएको छ।