कोरोना विशेष

कोरोना संक्रमणबाट दीर्घरागीलाई जोगाउने कसरी, चिकित्सकले दिए यस्तो उपाय (भिडियोसहित)


काठमाडौँ – कोरोना महामारीका कारण मिर्गौला तथा दीर्घरागीहरु झनै प्रताडित भएका छन् । दोस्रो लहरको कोरोना बढि संक्रामक र गम्भिर प्रकृतीको भएको कारण दीर्घरोगीहरु बढि जोखिममा छन् । यता विज्ञहरुले पनि संक्रमण अरु विरामीमा भन्दा दीर्घरागीमा चाँडै प्रवेश गर्ने भएको सर्तकता अपनाउन आग्रह गर्छन ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको बढ्यै छ । यस्तो बेलामा दीर्घरोगीहरुको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएको कारण सजिलै कोरोनाबाट संक्रमित हुन सक्छन् । किडनीका बिरामीमा पनि अरू व्यक्तिमा भन्दा रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकोले कोरोना लाग्ने जोखिम बढी हुन्छ । त्यसैले संक्रमित भइहाले भने त्यस्ता व्यक्तिहरुको विशेष ख्याल राख्नुपर्दछ । उनीहरुलाई अस्पताल वा स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्दछ । कोरोना भाइरसको संक्रमणले सिधै फोक्सोमा असर गर्ने भएका कारण दीर्घरोगीहरुको स्वास्थ्यमा अन्य व्यक्तिको तुलनामा धेरै जटिलता देखिन सक्ने चिकित्सकहरु बताउछन् ।

उच्च रक्तचाप भएका बिरामीलाई पनि छिटो कोरोना संक्रमण हुन सक्छ । यस्तै, दोस्रोमा मधुमेहका रोगी र तेस्रो फोक्सोमा समस्या भएका बिरामीलाई कोरोना संक्रमण हुने सम्भावना बढी रहन्छ । महामारीमा मधुमेहका बिरामीहरु धेरै संख्यामा संक्रमित भएका छन् । त्यसैले यस्तो अवस्थामा सर्तकता अपनाउनु उचित हुने विज्ञ बताउछन् ।

दोस्रो चरणको कोरोना विगतको भन्दा फरक प्रकृतिको देखिएका कारण पनि यसले थप चिन्ता पैदा गरेको हो । रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा यस खाले संक्रमणले छिट्टै प्रवेश पाउने झन् बढी खतरा भएका कारण दिर्घरोगी, अशक्त र वृद्धवृद्धाहरुले स्वास्थ्य सम्बन्धित थप सजगता अपनाउन जरुरी छ ।