कोरोना विशेष

कोरोनाले भन्दा मानसिक रोगले गाज्ने त्रास बढ्यो, कसरी सुरक्षित रहने (भिडियोसहित)


काठमाडौँ – कोरोना भाइरसका कारण मानिसमा एकातिर रोगको डर छ भने अर्कातिर जनजीविकाको समस्याले पिरोलेको छ । दोस्रो लहर तुलनात्मक रुपमा पहिले भन्दा जटिल देखिएको छ । जसका कारण मानिसमा अनेक किसिमका मानसिक रोगहरु देखा पर्ने गरेका छन् ।

कोरोना भाइरसको दोस्रो लहरले देशभरिको जनजीवन प्रभावित पारेको छ । गत वर्ष भन्दा अहिले दोस्रो लहरको भाइरस खतर रहेको विज्ञहरुले बताइरहेका छन् । अहिल कतिपय व्यक्ति संक्रमणको शिकार भएका छन् भने कतिपय संक्रमण नहुनेहरू पनि कोरोनाको मनोवैज्ञानिक शिकारमा परेका छन् । यतिबेला दुनियाँ कोरोनाले त्रसित छ । हरेक मानिसको दिमागमा कोरानाको भयले डेरा जमाएको छ। कोरोना भाइसरको समस्या आउनु पहिले मानिसहरुले मनोबैज्ञानिक, सामाजिक, आर्थिक समस्याहरुे भोगीरहेका थिए भने अहिले झनै मनोबैज्ञानिक समस्या बढ्ने गरेको छ । प्रकृतिक विपत्ति पर्दा, रोगव्याधि फैलिँदा असहज र जोखिमपूर्ण अवस्थामा मानसिक रोग तथा आत्महत्याको दर समेत बढ्ने गरेको मनोविशेषज्ञ बताउँछन् ।

अहिले यो अवस्थामा दिक्क लाग्ने, छटपटि हुने, चिन्ता लाग्ने, सामान्य विरामी भएपनि कोरोनाको संक्रमण भयोकी भन्ने संका लाग्ने, डर, त्रास, अन्योल र अनिश्चितता जस्ता मनोबैज्ञानिक समस्याहरु देखिन थालेको विज्ञहरु बताउछन् । त्यसमा पनि सामाजिक संञ्जालमा आएका विभिन्न सुचना र जानकारीले व्यक्तिहरुलाई थप चिन्ता बढाईरहेको छ । अझै धेरै व्यक्तिहरु क्वारेन्टिन र आइसोलेसनमा छन् । उनीहरुमा मनोबैज्ञानिक समस्या अझै बढिरहेको छ ।

विज्ञहरूका अनुसार, तीव्र पीडा भाव र नकारात्मक विचार रोक्न सके यसको असर कम गर्न सकिन्छ । पीडामा परेका वेला घरपरिवार, साथीसंगी वा विशेषज्ञको सहयोगले यसबाट बच्न सकिन्छ । सरोकारवाला सबै निकायले आ–आफ्नो स्थानबाट आत्महत्या न्यूनीकरण गर्न मनोसामाजिक परामर्श लगायतका कार्यक्रम चलाउन आवश्यक छ