खेलकुद

धनगढी एनएसएलको प्लेअफमा पुग्ने पहिलो टिम


काठमाडौँ –राजधानीमा जारी नेपालको पहिलो फुटबल फ्रन्चाईज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को अन्तिम चारमा पुग्ने पहिलो टिम धनगढी एफसी बनेको । धनगढीले पोखरा थण्डर्सलाई हराउदै प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो ।
आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा धनगढीले पोखरा थण्डर्सलाई १–० गोलले पराजित गरेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। धनगढीको जितमा दर्शन गुरुङले उत्कृष्ट निर्णायक गोल गरे ।

पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको ओलावालेको स्थानमा मैदान छिरेको दर्शनले ६८ औं मिनेटमा गोल गर्दै धनगढीको जित सुनिश्चित गरे । डिबक्स भन्दा बाहिरबाट दर्शनले उत्कृष्ट हाफ भली गोल गरेका थिए । त्यसपछिको समयमा दुबै तर्फबाट राम्रो अवसरहरु प्राप्त गरे पनि गोल गर्न नसक्दा धनगढीले खेल १–० ले आफ्नो पक्षमा पार्याे ।

खेलको प्लेयर अफ दि म्याच धनगढीका कप्तान किरण चेम्जोङ बन्दै २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच धनगढीका अशोक खवास चुनिए । उनले १० हजार प्राप्त गरे । यस जितसँगै धनगढीले ५ खेलमा १० अंक जोडेको छ । धनगढीसँग पराजित पोखराको प्लेअफ सम्भावना कमजोर बनेको छ । पोखरा ५ खेलमा ५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।