कोरोना विशेष

काठमाडौँ उपत्यकामा मात्रै १५ जनाको मृत्यु, ३८२५ संक्रमित थपिए


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ८२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौँमा २ हजार ८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना कोरोना संक्रमित भेटिएका हुन् ।

यस्तै ९३३ जना कोरोनामुक्त भएका छन् । उपत्यकामा मात्रै २४ घण्टामा १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।