Uncategorized

बेलायतको स्थानीय तहमा नेपाली निर्वाचित


काठमाडौँ – नेपाली मुलुकका बेलायती नागरिक बेलायतको स्थानीय निर्वाचनमा निर्वाचित भएका छन्। हालै सम्पन्न भएको निर्वाचनमा काउन्सिलर पूर्व गोर्खा सैनिक विष्णुबहादुर गुरुङ लण्डन बरो अफ हन्स्लोको काउन्सिलको मेयर पदमा निर्वाचित भएका हुन् ।

नवनिर्र्वाचित गुरुङ यसअघि पनि त्यहाँ उप मेयरका रुपमा निर्वाचित भइसकेका थिए । साथै, उनले सन् २०१८ मा लेबर पार्टीका तर्फबाट दोस्रो पटक अत्याधिक मत ल्याएर विजयी भएका थिए , पश्चिमी लण्डन एबिलियोमा सार्वजनिक बसको चालक भएर काम समेत गरिसकेका गुरुङले हिलिङडोन डिभिजन आर्म फोर्स डिभिजनको सचिब पदमा रहेर पनि कार्य गरेका थिए। उनको जन्मस्थान भने गोरखाको जौबारी हो ।