कोरोना विशेष

जनता मरे मरुन, सत्ताकै खेलमा नेताहरु, विपक्षी दलहरु सरकारलाई फेल गराउन कम्मर कसेर लागे

मृतकका आफन्तले आफ्ना प्रियजनको शव कहाँ जलिरहेको छ भन्ने हेर्न समेत पाउँदैनन् ।


काठमाडौँ – देशमा कोरोना संक्रमितको संख्यामा दैनिक रेकर्ड कायम हुँदा पनि नेताहरु भने सत्ता स्वार्थमा व्यस्त देखिएका छन् । महामारीको दोश्रो लहर आउने चेतावनीका बीच हजारौ मानिस राजधानी उतारेर आमसभाका नाममा संक्रमण फैलाउन मलजल गरेका नेताहरु नै अहिले महामारी नियन्त्रणभन्दा सत्ताको दाउपेचमा लागेपछि उनीहरुप्रति जनआक्रोश बढेको छ ।

नेपालमा पनि कोरोना संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । बढ्दो संक्रमणका कारण वेड अभाव बढ्दै गएको छ भने उपचारमा प्रयोग हुने उत्यावश्यक औषधीहरुको समेत अभाव बढ्दो छ । तत्काल अन्य देशबाट स्वास्थ्यसामग्री आयात गर्नुपर्नेे अहिलेको अवस्थामा सरकारले आवश्यक कदम चाल्न नसक्दा स्थीति झन्भन्दा अझ खराब बन्दै गएको छ । अर्कातर्फ तीन महिनाभित्र सबै नेपालीलाई खोपको व्यवस्था गर्ने बताएका प्रधानमन्त्रीले नै आफ्नो बाचा विर्सिएका मात्र छैनन्, चलिरहेको खोप अभियान रोकिंदासम्म कुनै तयारी गरेका छैनन् । देशको बागडोर समालेकाहरु नैे राजनितिक खिचातानी र सत्ता स्वार्थमै ब्यस्त हुँदा खोप अभियानले गति लिन सकेको छैन । पहिलो चरणको महामारीबाट नचेतिएको सरकार बेड थप्न भन्दा मन्त्री थप्नमा व्यस्त देखिएको छ । देशभरकै हालत खराव बनिरहँदा बुटवल पनि यसबाट अछुतो छैन । कुनै रात यस्तो छैन, जुन दिन र रातमा कोभिडले ज्यान गुमाएकाहरको चिता जलेको नहोस्, धुवा उडेको नहोस् । केही दिन अघि धागो कारखानामा रहेको आएइसोलेनसमा एक बिरामीको उपचार नै नपाएर मृत्यु भयो । कोभिडले छटपटाइ रहेकाहरुको चित्कार मुख्यमन्त्री शंकर पोख्रेलको जयजयकारका अगाडि फिका भएको छ । जनता मरे मरुन, आफ्नो सरकार, आफ्नो कुर्सी आफ्नो राजनीति जोगाउन पाए पुग्यो भने झै बिहारी शैलीको राजनीति लुम्बिनी प्रदेशबाट सुरु भएको छ ।
हरि उप्रेती, वरिष्ठ अधिवक्तायसो भनिरहँदा मुख्यमन्त्री पोख्रेलको चाहना बमोजिम मात्रै यस्तो दूर्गन्धित खेल भइरहेको भने होइन । कोरोनाको महामारीबाट लुम्बिनी प्रदेश पनि आक्रन्त छ । यस्तो महामारीमा पक्ष विपक्ष सबै मिलेर महामारीसँग जुध्नु पर्ने बेला कांग्रेस र माओवादी सहितका केही मिलेर वैशाख ६ मा सरकार ढाल्ने खेल सुरु गरेका थिए । जनता रोगले मरिरहेका छन् । मृतकका आफन्तले आफ्ना प्रियजनको शव कहाँ जलिरहेको छ भन्ने हेर्न समेत पाउँदैनन् । यस्तो शोकको घडीमा कांग्रेस माओवादीका नेताहरु कसैलाई मन्त्री, कसैलाई मुख्यमन्त्री चाहिएको थियो ।

सत्ताको खेल यतिमै सकिएको छैन । सोमबार मात्र गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख परिर्वन गरिएको छ । यता प्रधानमन्त्रीले विश्वासको मत लिने घोषणा गरेका छन । प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान भएको छ । विपक्षी दलहरु सरकारलाई फेल गराउन कम्मर कसेर लागेका छन । बढ्दो महामारीका बीच राजनीतिको फोहोरी खेलको अर्को एउटा नाटक केहि दिनमा मञ्चन हुदैछ । जून नाटकको उद्देश्य केवल सरकारमा को जाने भन्नेमा सीमित छ ।