कोरोना विशेष

कोरोना संक्रमितले कस्तो खाना खाने ? विज्ञहरुले दिए यस्तो सुझाव । (भिडियोसहित)


काठमाडौँ – कोरोनाको दोस्रो लहरले नेपाललाई पनि हायलकायल बनाइसकेको छ । सरकारले जनताको जीवन रक्षाको लागि बन्दै ४५ भन्दा बढि जिल्लामा निषेधाज्ञा लागु गरिसकेको छ । तर, विज्ञहरुले भने निषेधाज्ञाबाट मात्र कोरोनाबाट बच्न नसकिने भन्दै खानपिनमा पनि विषेश ध्यान दिनु पर्ने बताउछन् ।

कोरोना संक्रमणको दोस्रो लहरले देशभर जटिल रुप लिएको छ । संक्रमित र ज्यान गुमाउनेको संख्यामा रेकर्ड कायम भैरहेका छन् । यस्तो अवस्थामा कोरोना भाइरसबाट कसरी बच्ने सबैको चासोको विषय बनेको छ । कतिपय रोगहरु स्वयम आत्मबल दह्रो बनाएर र खानपानमा विषेश ध्यान पुर्याउँदा पनि लाभ हुने भएकाले त्यसतर्फ सचेत रहनु पर्दछ । मानिसलाई स्वस्थ रहनका विभिन्न पौष्टिक तत्व चाहिन्छ । त्यसैले कारबोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनरलहरु तथा चिल्लो पदार्थको समिश्रणयुक्त पोषिलो खाना खानुपर्छ । आफ्नो नियमित खानामा शक्तिवर्धक, प्रोटिनयुक्त तथा भिटामिन र खनिज पदार्थयुक्त खानेकराहरु जस्तैः अन्न, माछा मासु, दुध, दाल, गेडागुडी, फलफूल हरियो सागपात प्रयाप्त मात्रामा समावेश गर्नु पर्दछ ।

रोग प्रतिरोधी क्षमता बढाउन पोषक तत्व पाइने खानेकुराहरु प्रशस्त मात्रामा खानुपर्ने विज्ञहरु बताउछन् । कोरोना संक्रमितहरुलाई सकेसम्म स्वस्थ, पोषिलो र सन्तुलित खाना खुवाउनुपर्दछ । जस्ले संक्रमितको मृत्युदरमा कमी ल्याउनेछ । साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन हरेकले स्वस्थ र पोसिलो खानेकुरामा जोड दिन सकेमा कोरोना भाइरसलगायतका महामारीबाट बच्न सजिलो हुने स्वास्थ्य विज्ञहरु बताउछन् ।