राजनीति

स्वास्थ्य स्थितिमा सुधारको क्रम जारी रहे पूर्वरानी कोमललाई बुधबार क्याबिनमा सारिने


काठमाडौँ – विगत ११ दिनदेखि नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको स्वास्थ्य स्थितिमा सुधारको क्रम जारी रहेपछि आगामी २४ घन्टाभित्र उहाँलाई सघन उपचार केन्द्रबाट क्याबिनमा सारिने भएको छ।

हिँडडुल र खानामा रुचि बढेपछि सघन उपचार आवश्यक बस्न नपर्ने नर्भिक अस्पताल स्रोतले जनाएका हो। सुधारको क्रम जारी रहे उँहालाई बुधबार क्याबिन सारिने अस्पतालले जानकारी दिएको छ।

भारतको १० दिन बसाइबाट स्वदेश फर्केपछि कोरोना संक्रमण भएका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह र छोरी प्रेरणा विगत ११ दिनदेखि नर्भिक अस्पतालमा उपचाररत छन्। पूर्वराजा शाह तथा छोरी प्रेरणाको स्वास्थ्यमा सन्तोषजनक सुधार आएको पनि अस्पताल स्रोतले जानकारी दिएको छ।