राजनीति

लुम्बिनीका दुई स्वतन्त्र सांसदले एमालेलाई नै समर्थन गर्ने


काठमाडौँ – आईतबार मुख्यमन्त्री ईश्वर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र प्रदेश सभा सदस्यले आफूहरू एमाले संसदीय दल छोडेर कतै नगएको बताएका छन् ।
सूर्य चिन्हबाट चुनाव जितेका प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले आज एक विज्ञप्ति जारी गरी मुख्यमन्त्रीमा इश्वर पोखरेललाई नै समर्थन रहेको बताउनुभएको हो । श्रीवास्तव कपिलवस्तु–२ ‘ख’ बाट र शाही नवलपरासी पश्चिम १ ‘ख’ बाट निर्वाचित सांसद हुनुहुन्छ् । उहाँहरुले जारी गरेको विज्ञप्तिमा सूर्य चिन्हबाट चुनाव लडेकाले आफूहरु एमाले संसदीय दलमै प्रतिवद्ध भएको र आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको उल्लेख छ ।