कोरोना विशेष

देशभर हालसम्मकै बढि संक्रममित थपिए, सचेत नभए भयावह स्थिति आउन सक्ने


काठमाडौँ – देशभर कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । अधिकांश अस्पतालका बेडहरु संक्रमितले भरिएका छन् । संक्रमितहरु बेड नपाउँदा भुइँमा बसी उपचार गराइरहेका छन् । भाइरस नियन्त्रणमा बेवास्ता बढिरहे झन भयावह स्थिति आउने चेतावनी विज्ञहरुले दिने गरेका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । अहिले कोरोना संक्रमितको विरामी कारण अस्पतालमा बेड पाउन मुस्किल छ । अक्सिजन नपाएर बिरामीको अवस्था नाजुक बन्दै गएको छ । आइतवार मात्र देशभर ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि हुँदा काठमाडौँ उपत्यकामा मात्र ३ हजार ५ सय ९५ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतवार प्रकाशित तथ्यांकअनुसार काठमाडौँका २ हजार ७ सय ४४ ललितपुरका ५ सय ५० र भक्तपुरका ३ सय १ जना संक्रमित भएका छन् । नेपालमा हाल सक्रिय संक्रमित ४८ हजार ७ सय ११ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्दा दैनिक कुल संक्रमितको आधाभन्दा बढी काठमाडौँ उपत्यकाकै हुने गरेका छन् । त्यसैले सरकारले काठमाडौँ कोरोना संक्रमणको हटस्पट बनेको भन्दै सचेत रहन बारम्बार आग्रह गरिरहेको छ ।

देशको कार्यकारी अधिकार लिएर बसेको व्यक्तिले समस्या औल्याउने मात्र होइन, समाधानमा पनि लाग्नुपर्र्छ । अझ विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टको कोरोना नियन्त्रणका लागि बेलैमा सचेत नहुने हो भने भयावह स्थिति आउन सक्ने विज्ञहरु बताउछन् ।

अव्यवस्थित बस्ती र वपर्वाह सर्वसाधारण र सरकार कै लापरबाहीले कोरोना भाइरसलाई मलजल गर्न सक्छ । तसर्थ भौतिक दूरी कायम गर्दै व्यक्तिगत सुरक्षामा आम मानिसले पनि ध्यान दिन जरुरी छ । सरकारले पनि नागरिकको जीवन रक्षाका लागि अहिले राजनितिक खिचातानी छोडेर कोरोना नियन्त्रणका लागि ठोस कदम चाल्न सक्नुपर्छ ।