राजनीति

लुम्बिनीमा एमाले सांसद अपहरणमा !


काठमाडौँ – लुम्बिनी प्रदेश सभाका सदस्य विमला वली (विमलाकुमारी खत्री) अपहरणमा परेको दाबी गरेका छन् । संसदीय दलको बैठकमा सहभागी हुन बुटवलबाट आउँदै गर्दा उनी अपहरणमा परेको एमालेको भनाईछ । एमाले प्रदेशसभा सदस्य वैजनाथ चौधरीले दाङबाट आउँदै गर्दा बुटवलको एक पेट्रोलपम्पबाट सम्पर्क विहिन बनाइएको बताउनुभयो ।

सांसदको अपहरण भएको विषयमा प्रहरीलाई खवर गरिएको उल्लेख गर्दै उनले विमला केसीले एमाले छाडेर माओवादी प्रवेश गरेको खवर सत्य नभएको पनि बताउनुभयो ।