राजनीति

विमला खत्री माओवादीमा प्रवेश


काठमाडौँ – लुम्बिनी प्रदेश सांसद विमलाकुमार खत्री नेकपा नेकपा माओवादीमा प्रवेश गरेकी छिन् । माओवादीमा उनको प्रवेशसँगै एमाले नेतृत्वमा एकल बहुमतको सरकार बनाउने मुख्यमन्त्री शंकर पोखरेलको योजनामा चुनौती थपिएको छ ।

माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले वलीलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो । यसैबीच माओवादीले विमला वली पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको छ ।

यो सँगै १६८ को १ अनुसार बहुमत प्राप्त दलको हैसियतले सरकार बनाउने बाटो मुख्यमन्त्री पोखरेलका लागि असहज भएको हो । उनी नेकपा रहँदै दाङबाट प्रदेशसभा ३ (ख) बाट उपचुनाव जितेकी थिइन् । सवारी दुर्घटनामा पति उत्तरकुमार वलीको निधन भएपछि उक्त क्षेत्रमा उनी उपचुनाव लडेर विजयी भएकी हुन् ।

माओवादीले विमला खत्री पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेशसभालाई गराइसकेको छ । प्रदेशसभा सचिवालय स्रोतले उक्त जानकारी आफूहरूले पाइसकेको र केहीबेरमै विवरण अद्यावधिक गरेर सूचना प्रकाशन गरिने बताएको छ ।

एमाले र माओवादी ब्युँतिएपछि उनी कता लाग्ने भन्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको माओवादी पक्षको आरोप छ । उनका पतिले तत्कालीन एमालेबाट चुनाव जितेका थिए । खत्रीले नेकपाबाट उपचुनाव जितेकाले उनको सांसद पद के हुन्छ भन्ने प्रष्ट छैन् । एमालले दल त्याग गरेको भनेर उनलाई कारवाही गरेमा उनको सांसद पद रिक्त हुने छ।

त्यसो भएमा प्रदेशसभा ८० सदस्यीय हुने छ । एमालेको संख्या ४१ बाट घटेर ४० पुग्ने छ । र, एक दलको बहुमत पुगेको आधारमा सरकार बनाउने बाटोमा मुख्यमन्त्री पोखरेललाई बधा हुनेछ ।