राजनीति

शंकर पोखरेललाई नै मुख्यमन्त्री बनाउने एमालेको निर्णय


काठमाडौँ – नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले दलका नेता शंकर पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ ।
आइतबार बिहान बुटवलस्थित न्यू इरा होटलमा बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको हो । संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल समूहका दुई जना सांसद पनि सहभागी भएका थिए । ८१ सदस्यीय प्रदेशसभामा एमालेसँग ४१ सांसद रहेका छन् । एमाले बाहेक विपक्षी दलहरुले दर्ता गराएको अविश्वासको प्रस्ताव माथि आजबाट छलफल गर्ने कार्यसूची तय भएको थियो ।