राजनीति

जालझेल र तिगडम भएपछि राजीनामा दिए : मुख्यमन्त्री पोखरेल


काठमाडौँ – संसदीय मर्यादाविपरित जालझेल र तिगडम भएपछि आफूले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बताउनु भएको छ ।

एमाले संसदीय दलको बैठकमा बोल्दै पोखरेलले लुम्बिनी प्रदेशसभा सचिवालयलेसमेत अनावश्यक रूपमा जालझेल र तिगडम गरेपछि आफूले बाध्य भएर राजीनामा दिएको बताउनु भएको हो । पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै संसदीय दलको बैठकलाई सम्बोधन गर्नुभएको थियो ।
केन्द्रमा जे जस्तो विवाद भए पनि प्रदेशमा मिलेर जाउँ भन्दा माओवादी केन्द्रका सांसदहरुले नमानेको स्प्रष्ट पार्नुभएको थियो । एमाले र माओवादी केन्द्र नमिल्नेमा मात्रै नभई प्रदेशसभा सचिवालयले समेत जसपाका सांसदलाई पदमुक्त गर्दै नियम र संसदीय मर्यादा विपरीतको काम गरेको उहाँले बताउनु भएको छ । यसअघि संविधानमा व्यवस्था भएबमोजिमको धारा १६८ को २ बमोजिम सरकार गठन भए पनि अब भने संबिधानको धारा १६८ को १ बमोजिम सरकार गठन हुने र त्यो ठिक ढंगले अगाडि बड्ने बताउनु भयो । आज बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष राजीनामा बुझाउनु भएको थियो र त्यो स्वीकृत पनि भइसकेको छ ।

एमाले संसदीय दलले पुनः शंकर पोखरेलकै नेतृत्वमा एमालेको सरकार गठन गर्ने निर्णयसमेत छ । प्रदेश प्रमुख यावदले संविधान बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिष्दलाई कार्यभार संचालन गर्न तोक्नुभएको छ ।