कोरोना विशेष

पहिलेको जस्तो कोरोना होइन यो, के छ न्यू भेरियन्टमा ? जान्ने पर्ने केही तथ्यहरू


काठमाडौँ – नेपालमा दोस्रो चरणको कोरोना संक्रमणको जटिलता सुरु भएको छ । विश्वका विभिन्न देशमा कोरोना महामारीको नयाँ भेरियन्ट्सले युवा तथा बालबालिकाहरूमा संक्रमणदर बढाइरहेको छ । त्यसो त अहिले देखिएको भाइरस अलिक फरक भएको चिकित्सकहरु बताउँछन् । यता विज्ञ पनि समयमै उचित कदम नचाले यसले भयावह स्थिति ल्याउने बताउँछन् ।

सन् २०२० को अन्त्यतिर चीनमा शुरु भएको कोरोना संक्रमण नियन्त्रण नहुँदै नयाँ प्रकारको भाइरस फैलिन थालेको छ । शुरुमा बेलायतमा देखिएर युरोपभर फैलिएको नयाँ प्रकारको भाइरस अहिले नेपालमा पनि देखिएको हो । यो भाइरस अझ बढी संक्रामक र चाँडो फैलिने खालको भएको विज्ञहरु बताउँछन् । नेपालमा संक्रमण फैलिएअनुसार पीसीआर परीक्षणको दायरा बढाइएको छैन । कन्ट्याक्ट ट्रेसिङ गर्नै छाडिएको छ ।

क्वारेन्टाइन र आइसोलेसनमा पनि लापरबाही बढ्दो छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिंदा यतिबेला संक्रमितले बेड पाउनै छोडेका छन् भने अक्सिजनको अभावका कारण बिरामीले ज्यान गुमाउनेपर्ने अवस्था आएको छ ।

अहिले देखिएको कोरोनाको लक्षण पनि विगतका जस्तै रुघाखोकी लाग्ने, निमोनिया हुन, थकाई महसुश हुने र हल्का ज्वरा आउने त छ नै, त्यसको अलवा सामान्य स्वास्थ्य समस्या आएपनि निमोनिया हुनेहरूको संख्या बढी रहेको चिकित्सक बताउछन् ।

भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर गएको कारण संक्रमण भएका व्यक्तिहरु विना रोकतोक नेपाल भित्रिदा संक्रमण तीव्र रुपमा फैलिएको विज्ञ बताउछन् । अब पनि सरकाले सीमा क्षेत्रमा कडाइ नगरे नेपालमा पनि नियन्त्रण बाहिर जाने विज्ञहरु चेतवानी दिन्छन् ।

अहिले नेपालमा नयाँ किसिमको भाइरसले स्वास्थ्य चुनौती बढाएको छ । यसबाट बच्न नेपालजस्तो देशले बेलैमा सतर्कता अपनाउन आवश्यक छ । यदि भारतको जस्तो अवस्था आयो भने नेपालीहरुका लागि यो भन्दा दुभाग्य अरु हुने छैन ।