कोरोना विशेष

कोरोना खोप लगाउने भीडले अस्पताल परिसर अस्तव्यस्थ

खोप लगाउने लाइनबाटै कोरोना फैलिने डर


काठमाडौँ – अस्पतालहरु कोरोनाविरुद्धको खोप लगाउने सर्वसाधरणको भीडले भरिन थालेको छ । पहिले वेवास्ता गरिएको खोपमा अहिले सर्वसाधारणको भीड थामि नसक्नु बनेको छ । यस्ता अव्यवस्थीत भीडले कोरोना संक्रमणलाई थप प्रश्रय मिलिरहेको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा खोप लगाउनेको घुइचो देखिएको छ । पहिलो चरणको खोप लगाउन मानिसहरु डराएका थिए । सुरुमा खोप लगाउनेको भीड देखिएको थिएन । तर, नेपालमा अहिले नयाँ प्रजातिको कोरोना संक्रमणको दर दैनिक तीन हजार नागेपछि सुरक्षाको लागि सर्वसाधारण दोस्रो चरणको चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेल खोप लगाउन आएका हुन ।

पछिल्लो समय कोभिड संक्रमण बढ्दै गएपछि सरकारले २५ जनाभन्दा बढी जम्मा नहुन तथा १४ जिल्लाका शहरी क्षेत्रका विद्यालयहरू बन्द गर्न निर्देशन दिइसकेको छ । तर, खोप केन्द्रमा यसरी अत्यधिक भीड बढेको बारेमा भने सरकार बेखबर छ । खोप लगाउने व्यवस्था राम्रो नहुदा सर्वसाधारण ओक्रोशित बनेका छन् ।

लाइनमा उभिएकाहरूको भीडले कोरोना भाइरसको संक्रमणबारे भुलेको देन्छिन । भीड बढेका कारण कोरोना रोकथामका लागि खोप लगाउन जाँदा उल्टै कोभिड सर्ने त्रास छ । यता सर्वसाधारण भने सरकारले कोरोना खोप अभियान व्यवस्थित नबनाएर जनतालाई दुःख दिएको बताउँछन् ।

कति जनालाई खोप लगाउने भन्ने विषयमा अस्पताल सुचना टासेको भए यसरी भिडभाड नहुने सर्वसाधारण बताउछन् । केहि व्यवस्था नगरि नै सर्वसाधारण लाई दुख दिने काम गरेको उनीहरु बताउछन् ।
यता कर्मचारी भने स्वास्थ्य मापदण्ड अपनाएर बस्नु भन्दा पनि जनताले नमान्ने गरेको गुनासो गर्छन । कोरोनाविरूद्धको पहिलो डोजको खोप गत माघ १४ देखि फागुन १० सम्म लगाइएको थियो । उक्त अवधिमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान र बैंकमा तथा वित्तीय संस्थाका कर्मचारीलगायतले खोप लगाएका थिए ।