राजनीति

कांग्रेसको पदाधिकारी बैठक सुरु


काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो ३ बजेपछि बैठक बसेको काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार बैठकमा १४ औं महाधिवेशन तयारी, राष्ट्रियसभाको उपनिर्वाचनमा र केन्द्र र प्रदेश सत्ता समीकरण लगायतका विषयमा छलफल हुनेछ ।

माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रियसभा सदस्यबाट पदमुक्त गरेपछि उक्त स्थानमा जेठ ६ गतेका लागि उप निर्वाचनका मिति तय गरिएको छ । बैठकमा भोली बस्ने केन्द्रीय समिति बैठकका एजेण्डाको विषयमा छलफल हुनेछ । बूढानीलकण्ठको बैठकअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छुट्टै छलफल भएको थियो ।