कोरोना विशेष

सर्लाहीमा कोरोना संक्रमणका कारण एकको मृत्यु


काठमाडौँ – सर्लाहीमा कोरोनाभाइरस संक्रमणबाट एक युवकको ज्यान गएको छ । रामनगर गाउँपालिका वडा नम्बर ५ स्थित बिर्ताका ३२ वर्षीय इन्द्रजीत रायको कोरोना संक्रमणका कारण ज्यान गएको हो । उनलाई उपचारका लागि काठमाडौँ लैजाने क्रममा शनिबार बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिनुभयो ।

उनको श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारको लागि काठमाडौं लग्दै गर्दा बाटोमै मृत्युु भएको प्रहरी निरीक्षक गिरीले बताउनुभयो । शवलाई नेपाल प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले रामनगर गाउँपालिका वडा नम्बर ५ स्थित बिर्ताटोलमा रहेको कुलोको छेउमा व्यवस्थापन गरेको सर्लाही प्रहरीले जनाएको छ ।