समाचार

भायानेटले ल्यायो भाइबर च्याटबट


काठमाडौँ – भायानेटले भाइबर च्याटबट ल्याएको छ । ग्राहकहरुलाई अझ नजिकबाट सजिलै सेवा गर्नको लागि भायानेटले भाइबर च्याटबट ल्याएको हो ।

भायानेटका ग्राहकहरुले अब आफ्नो माबोइलमा सजिलै भाइबरबाट भायानेट च्याटबुटसँग च्याट गरेर भायानेट सम्बन्धी आफुलाई लागेको जिज्ञाषा र समस्याको तुरुन्त जवाफ वा समाधान पाउन सक्नेछन् । भायानेटको कुनै पनि सेवाको बिल सम्बन्धी जिज्ञाषा र सेवामा समस्याको समाधान वा इन्टरनेट सम्बन्धी प्रश्नहरुको उत्तर आफ्नो मोबाइलबाटै भाइबर च्याटबट मार्फत तुरुन्तै पाउन सकिनेछ ।

भायानेट नेपालभरी व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायक हो ।