कोरोना विशेष

भारतमा निम्न वर्गका लागि राहत प्याकेज


काठमाडौँ – भारत सरकारले कोरोना महामारीको दोस्रो लहर तीब्र गतिमा फैलिएपछि निम्न वर्गका जनताका लागि राहत प्याकेजको घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २ खर्ब ६० अर्ब बराबरको राहत प्याकेजको घोषणा गरेका हुन् । जस अन्तर्गत गरीब जनतालाई दुइ महिनाका लागि निशुल्क खाद्यान्न वितरण गरिने छ । यसबाट भारतका ८० करोड गरीब जनतालाई राहत मिल्ने छ । भारतीय प्रधानमन्त्री मोदीले १० वटा राज्यका मुख्य मन्त्रीहरुसँगको आकस्मिक बैठक समेत गरेका थिए । बैठकमा प्रधानमन्त्री मोदीले कोरोनाले भयावह रुप लिईरहेको बेला देशमा अक्सिजन अभाव हुन सक्नेतर्फ सरकार सचेत रहेको र अक्सिजन अभाव हुन नदिन सरकार लागिपरेको बताएका थिए ।