राजनीति

आज लोकतन्त्र दिवस : १५ वर्षे लामो इतिहास


काठमाडौँ – आज लोकतन्त्र दिवस अर्थात् नेपालमा हरेक वर्षको वैशाख ११ लोकतन्त्र दिवस मनाइन्छ । नेपालको इतिहासको शताब्दी औं शाही शासनलाई अन्त्य गरी जनताको शासन जनताको हातमा आएको दिन यसदिनलाई जनताको जितको रुपमा हेरिन्छ ।
जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ। सोही दिनको स्मरणमा आज १५औँ लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। वि.स. २०६२/६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो ।

तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ गते विघटित संसद् २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । तत्कालीन सात राजनीतिक दल र सशस्त्र युद्धरत नेकपा माओवादीको संयुक्त आह्वानमा राजतन्त्रको अन्त्य गराउन उक्त दिनको महत्वपूर्ण भूमिका रहेको छ । नेपालमा लोकतन्त्र ल्याउनका लागि सदाहत प्राप्त गरेका हजारौ शहीदहरुप्रति श्रद्धान्जली अर्पण गर्दै प्रत्येक वर्ष लोकतन्त्र दिवस मनाइने गरिन्छ । सात दल र विद्रोही नेकपा माओवादीबीच भएको १२ बुँदे समझदारीअनुसार ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध आन्दोलन चर्किएको थियो । राजधानी काठमाडौँ मानवसागर नै भएको थियो । १९ दिन सम्म चलेको लामो आन्दोलनमा दुई दर्जनभन्दा बढी जनताले ज्यान गुमाएका थिए । फलतः शाही शासनलाई फाली लोकतन्त्रको स्थापना गराएका थिए ।

लोकतन्त्र स्थापना भएको १५ वर्ष बितिसक्दा पनि नेपाली जनताले त्यसको अनुभव गर्न नपाउनु आफैमा बिडम्बनाको कुरो त छदैँ छ यत्रो वर्षको अवधिमा पनि जनताले राजालाई बिर्सन सकेरहेका छैनन् । आज पनि सडकमा राजका लागि लाखौंको भिडमा जनता ओर्लिरहेका छन् । लोकतन्त्रको महसुस केबल सत्ता र शक्तिमा बस्नेहरुले मात्रै गरिरहेको अनुभव जनताले गरेका छन् । सामान्य दिनचर्या बिताउने सर्वसाधारण, ज्याला, मजदूरी गरेर परिवार पाल्नेहरुका लागि यो तन्त्र आउनुभन्दा अघि र आईसकेपछिको जिवनमा केही फरक देखिएको छैन् ।