विदेश

भारतमा कोरोना बढेसँगै उडानहरू अस्थायी रूपमा कम गर्ने अष्ट्रेलियाको निर्णय


काठमाडौँ – अष्ट्रेलियाले भारतमा कोभिड–१९ सङ्क्रमण बढेको भन्दै त्यहाँबाट हुने उडानहरू अस्थायी रूपमा कम गर्ने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनसहितको राष्ट्रिय क्याबिनेट बैठकले भारतबाट उडानको मात्रालाई ३० प्रतिशत कम गर्ने निर्णय लिएको हो ।

भारतजस्ता उच्च जोखिम भएका देशहरूका यात्रीहरूले उडान गर्नुभन्दा ७२ घण्टा पहिले आफूलाई कोभिड–१९ सङ्क्रमण नदेखिएको पुष्टि हुने स्वास्थ्य प्रमाणपत्र देखाएर मात्र अष्ट्रेलिया आउन पाउने व्यवस्था गरेको हो ।

अष्ट्रेलियाको यो निर्णय भारतमा २४ घण्टाभित्र कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन लाख १४ हजार कटेपछि आएको हो ।