राजनीति

एमाले कमिटीको बैठक सुरु


काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ ।

आजको बैठकले स्पष्टीकरण सोधिएका ३२ जना सांसदमाथि कारवाही, कार्यविभाजन लगायतका विषयमा निर्णय गर्ने नेताहरुले बताएका छन् ।
गत वैशाख ६ गते बसेको बैठकले नेता माधवकुमार नेपालसहितका सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पार्टी निर्णयको अवज्ञा गरेको भन्दै २७ जना संघ र प्रदेशका ५ गरेर ३२ सांसदसँग स्पष्टीकरण मागिएको थियो । स्पष्टीकरणप्रति चित्त नबुझे उनीहरुलाई कारवाहीको निर्णय गर्ने एमालेको तयारी छ ।