राजनीति

नेपालमा कम्युनिष्ट आन्दोलनको ७२ वर्ष पुरा, सिद्धान्त भुलेर नेताहरु शक्ति र स्वार्थमा केन्द्रीत


काठमाडौँ – श्रमजीवी वर्गको पक्षमा लड्ने भन्दै विक्रम संवत् २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । तर, पार्टी स्थापना भएको सात दशक बढि हुदाँ समेत यसले मजदुर, किसान र निम्न वर्गका जनताको आवाज बन्न सकेका छैनन् ।

संसारका मजदुरहरु एक हौं भन्दै स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले ७२ वर्ष लामो इतिहास पार गरेको छ । तर मजदुर र निमुखाका समस्या ज्यूँका त्यूँ छन् । गरिब, किसान र मजदुरको पक्षमा वकालत गर्ने विश्वाससहित जनताले कम्युनिष्ट पार्टीलाई पत्याएका पनि थिए । देशमा अहिले पनि कम्यिुनिष्टकै सरकार छ । तर जनमतकै अपमान गरि कम्युनिष्ट पार्टीहरु स्वार्थको राजनीतिमा फस्दा जनजीविकाको समस्या ज्यू का त्यू छन् ।

विपन्न जनताको आर्थिक स्तर वृद्धी हुँदै जानु पर्नेमा जनता दुब्लाउने कम्युनिष्ट नेताहरु मोटाउँदै जाने स्थिति पैदा भएको छ । त्यसो त जनताको नजरमा कम्युनिष्ट नेता र विचारधारा प्रति नै अविश्वासको खाडल बन्दै गएको छ । मजदुरहरुले वास्तवमा कम्युनिष्ट पार्टीलाई विश्वास गर्न सकेका छैनन् ।

कोरोनाका कारण निम्तीएको स्वास्थ्य संकटले जनताको आयश्रोतका थुप्रै मुहानहरु सुकाएको छ । बेरोजगारीिको संख्या वृद्धी गराएको छ भने अझै पनि समाज गतिशिल बन्न सकेको छैन । दिनभर श्रम गरेर विहान बेलुका हातमुख जोड्हरुको अवस्था झन् झन् नाजुक बनाउँदै लगेको छ । तर कम्युनिष्ट सरकार उनीहरुको मुद्या सम्बोधन त परै जावोस् सामुहिक छलफलको विषय समेत बनाउँदैनन् ।

यीनै मजदुरको भोटले सत्ता रसमा चुर्लुम्म डुबेको कम्युनिष्ट नेता र सरकारमा रहेकाहरु ले मजदुरहरुलाई भोट बैँक मात्रै ठान्दा समग्रमा कम्युनिष्ट विचार आस्थामाथि नै भरोसा टुट्न थालेको हो ।

श्रमजीवी मुद्या उठाएर स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी लोकतन्त्रको स्थापना पछि नै ७ वटा सरकार बनिसकेका छन् । तर यी सरकारले सम्झन लायक अहिलेसम्म जनमुखी कुनै काम गर्न नसकेको जनताको गुनासो छ । त्यसैले आफूलाईै मजदुरहरुको हिमायती ठान्ने कम्युनिष्टहरुले सिद्धान्तलाई व्यवहारमा लागु गर्न जूरी छ । क्यामेरामा डिबी मगरका साथमा लिलामाया ठटाल काठमाडौँ ।