विदेश

भारतको महाराष्ट्रमा बिहीवारदेखि १० दिनसम्म लकडाउनको घोषणा


काठमाडौँ – कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउनको घोषणा गरिएको छ । बिहीवार राती ८ बजेदेखि १० दिन सम्मका लागि लकडाउन घोषणा गरिएको हो । लकडाउनका समयमा सरकारी कार्यालयमा १५ प्रतिशत कर्मचारी मात्र काममा रहने व्यवस्था मिलाइएको सरकारी अधिकारीले जनाएका छन् ।

यस्तै विवाह महोत्सवमा २५ जनाको समुहमा मात्रै उपस्थित हुन पाउने प्रावधान तय गरिएको छ । साथै एक जिल्लाबाट अर्को जिल्लामा कोही पनि आवतजावत गर्न नपाइने नियम लागु गरिएको छ । महाराष्ट्र राज्यमा हिजो एकैदिन ६७ हजार भन्दा बढी संक्रमित पुष्टी हुनुका साथै ५ सय बढीको मृत्यु भएपछि त्यहाँ लकडाउन गरिएको महाराष्ट्र राज्य सरकारले जनाएको छ ।