राजनीति

गुटगत गतिविधिलाई मान्यता नदिने अध्यक्ष ओलीको भनाई


काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताउनुभएको छ ।
नेताहरुलाई सम्झाउने बुझाउने प्रयास गरिरहेको भन्दै उहाँले त्यसलाई कमजोरीको रुपमा नलिन चेतावनीसमेत दिनुभयो । मदननगर बल्खुमा आज पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रममा ओलीले अनुशासनहिनतासँग सम्झौता नगर्ने पनि बताउनुभयो । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई लक्षित गर्दै ओलीले अनुशासित भएर पार्टीमा काम गर्न आह्वान गर्नुभयो ।