राजनीति

काठमाडौँका अस्पतालमा आइसीयु र भेन्टीलेटर भरिभराउ, स्थलगत रुपमै हेर्दा यस्तो देखियो



काठमाडौँ – सरुवा रोगकै लागि विशिष्टकृत गरिएका अस्पालका आईसियुहरुमा कोरोनाका विरामीहरु भरिन थालेका छन भने अक्सिजन अभावको समस्या पनि बढ्न थालेको छ । फलतःसंक्रमितले उपचार नपाउने अवस्था आउन थालेको छ । काठमाडौँको मुख्य अस्पतालहरुको अवस्था कस्तो छ त ?

देशमा बढ्दो कोरोना संक्रमणको ठुलो हिस्सा काठमाडौँ उपत्यकामा देखिँदै आएको छ । परिणामतः उपचारका लागि छुट्याईएका अस्पतालका वेडहरु भरिन थालेका छन । उपत्यकाका प्रमुख तिन प्रमुख अस्पताल शुक्रराज, वीर र त्रिवी शिक्षण अस्पतालका आईसोलेनस र आईसियू बेडसंक्रमितले भरिएका छन । जनशक्ति र सामग्रीको व्ययवस्था भए वीर र त्रिवी शिक्षण अस्पतालमा क्षमता विस्तार गरि उपचार सुचारु गर्न सकिने अवस्था रहेपनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भने नयाँ संक्रमितले उपचार पाउन नसक्ने अवस्था आईसकेको छ । अस्पतालमा हाल २० ओटा आईसियू क्षमता रहेकामा १९ वेड कोरोना संक्रमितले भरिईसकेको छ । अझ २ जना आईसियुको पर्खाईमा रहेका छन । अस्पतालले गत साल कोरोना संक्रमण उच्च विन्दुमा पुग्दा २३ वेड क्षमतामा आइसियु सन्चालनमा ल्याईएको थियो । अत्यावश्यक पर्दा थप ४ वेड थप गरि २७ वेड क्षमतामा आईसियू सञ्चालन गरिने अवस्था रहेपनि मानव संसाधनको अभावका कारण त्यो तत्काल सम्भव देखिएको छैन । त्यस्तै ३० वेड क्षमताको जनरल वार्डमा अहिले भरिसकेको छ । जसमध्ये ४ जना डिस्चार्जको अवस्थामा रहे पनि २६ जना अझै केहि दिन उपचारमै रहने अवस्था छ । ५ वेड क्षमताको आईसोलेसनमा ४ जना विरामी रहेका छन । त्यस्तै अहिले अस्पतालमा ११ ओटा भेन्टिलेर रहेका छन भने अकास्मिक कक्षमा १० जनालाई उपचार गराउने सकिने अवस्था रहेको छ । तर बढ्दो संक्रमणको दरकाबीचमा यस्ले केहि दिनमात्र थेग्न सक्ने अवस्था रहेको छ ।

त्यस्तै वीर अस्पतालले कोरोना संक्रमितका लागि ८ वेडको आईसियु सहित १६ वेड छुट्टाएकोमा ती भरिएपछि अर्को तला समेत कोरोना संक्रमितका लागि छुट्याएको छ । अहिले १०० वेडलाई कोभिड संक्रमितका लागि छुट्याएको वीर अस्पताल तत्काल ५० वेड थपेर १ सय ५० वेड क्षमतामा विस्तारको मनस्थितीमा रहेको छ । संक्रमण उच्च भएमा ३ सय वेडसम्म विस्तारको सम्भावना अस्पतालमा रहेको छ । त्यस्तै शिक्षण अस्पतालमा कोरोना संक्रमितका लागि छुट्याएको वेडहरु भरिएका छन । १२ बेड क्षमताको आईसियु रहेको अस्पतालमा अहिले कोरोनाकै लागि भनेर १२ वेड क्षमताको क्याविनसहितको आईसियु सन्चालनमा ल्याईएको छ तर ती भरिईसकेका छन । त्यस्तै ३० जना क्षमताको आईसोलेनमा अहिले नै २५ संक्रमित उपचाररत रहेको अस्पतालका अधिकारी बताछन । अझ अहिले अक्सिजन अभावका कारण उपचारनै प्रभावित हुनसक्ने अवस्था शिक्षण अस्पतालमा देखिएको छ ।

भरिदोँ अस्पतालको वेड र बढ्दो संक्रमणकाबीच पनि आमसर्वसाधरणमा भने स्वास्थ्य मापदण्ड पालनमा वेवास्ता बढ्दो छ । स्वयमं सरकारलेले भिडभाडजन्य क्रियाकलाप गर्दै आएको छ भने जात्रापर्व र भिडभाडजन्य गतिविधीमा कमि आएको छैन । यसर्थ यसको मोल निकट भविष्यमै निकै महङ्गो नपर्ला भन्न सकिदैन ।