राजनीति

संसारकै ढुक्क नेता हाम्रो नेपालमा, जनता पीडैपीडामा, नेता मस्त सत्ता मोजमा


काठमाडौँ – जब जब देशमा विपत्ति र असाधारण परिस्थीति श्रृजना हुन्छ तब तब जनप्रतिनिधिहरु सत्ताको हानाथाप र अस्थीरतामा व्यस्त हुने गरेका छन् । अघिल्लो पटक कोरोनाको महामारीमा समेत सरकार फेरबदलको खिचातानीमा लागेका दलहरु कोरोनाको दोस्रो लहर सुरु हुन लाग्दा पनि सत्ताकै हानाथापमा व्यस्त छन् ।

गत वर्ष चैत्रमा कोरोनाको आतंक मच्चीदा हाम्रो देशका नेताहरुलार्य जनताको स्वाथ्इ कसरी बचाउने भन्दा पनि सत्ताबाट कसरी हटाउने, कसरी टिकिरहने भन्ने गोलचक्करमा नेताहरु व्यस्त थिए । देशभर बाढि पहिरो र दुघएटना हुँदा पनि शिर्ष भनिएका नेताहरुको मन कहिल्यै नदुखेको जनताको गुनासो संधैभरी छँदै छ । कोरोना महामारीबाट जनता पुन आफ्नो दैनिकीमा विस्तारै फर्कदै थिए, स्कुल कलेज खुल्दै जनजीवन पनि सहज हुँदै थियो । अहिले एक वर्ष पछि फेरि कोरोनाको दोस्रो लहर भन्दै यसले भयको वातावरण श्रृजना गरेको छ । सरकारले शहरी क्षेत्रका विदालयहरु बन्द गरिसक्यो । सार्वजनिकस्थलको वातावरण फेरि पातालिन थालिसकेको छ । गत वर्ष कोरोनाले त्यत्रो सास्ती दिँदा समेत खासै प्रभावकारी काम गर्न नसकेको सरकार यस पटक पनि एक प्रकारले कानमा तेल हालेर बसेको विज्ञहरुको गुनासो छ । उनीहरुलाई जनताको भन्दा सत्ता, कुर्सी र शक्तिको मोहले व्यस्त बनाएको छ ।

कोरोनाको दोस्रो लहरले तराईका जिल्ला , भारतीय नाका क्षेत्र र शहरी क्षेत्रमा वृहत रुप लिए पनि प्रदेशसभा, प्रतिनिसिभा, राष्ट्रियसभाका सांसदहरुको एक पटक छलफल भएको छैन । सिसिएमसी बैठकबाहेक जिम्मेवार मन्त्रीहरुसमेत यसबारे खासै ध्यान दिन सक्ने अवस्थामा छैनन् । उनीहरुलाई सत्ता जोगाउने र गिराउने अंकगणित मिलाउने ध्याउन्न मात्रै छ । प्रधानमन्त्री ओलीले यसको जिम्मेवारी अनुभुती गर्नु पर्ने भएपनि राजनीतिक स्टण्ट देखाउने गरी अनावश्यक फण्डावाला कार्यक्रममा सहभागी भएर समय विताउने गरेको कतिपयको असन्तुष्टी छ ।

हाम्रो नेताहरुको काम काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखान झैं भएको देखिन्छ । जनताको हर समस्या र दुखमा साथै रहने बचनबद्धता गर्दै निर्वाचन जितेर संसदमा पुगेका सांसदहरु जनजिविकाका सवालमा यतिधेरै मुकदर्शक बन्नु लाचारीको हद हो ।