खेलकुद

त्रिदेशीय क्रिकेट सिरिजमा नेपाल फाइनलमा, नेदरल्यान्ड्स र मलेसियाको खेल बराबरीमा


काठमाडौँ – नेपाल जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । सिरिजअन्तर्गत आज नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएपछि नेपाल फाइनलमा प्रवेश गरेको हो ।
आज टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा वर्षाले पटक—पटक प्रभावित भएको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी भएसँगै नेपाल एक खेल अगाबै फाइनल पुगेको हो । यस बराबरीले नेपालसँगै नेदरल्यान्ड्सलाई पनि फाइनलमा पुर्याएको छ । मलेसिया भने सिरिजबाट नै बाहिरिएको छ । अब लिगको अन्तिम खेलमा भोलि नेपाल र मलेसिया भिड्ने छन् । उक्त खेलले शीर्ष स्थान र दोस्रो स्थानमा रहने टिमको तय हुनेछ । मलेसियालाई हराएमा नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुग्नेछ । नेपाल पराजित भएमा दोस्रो स्थानमा रहदै फाइनल यात्रा तय गर्नेछ ।