राजनीति

प्रधानमन्त्रीलाई भेट्न योगश भट्टराई बालुवाटार निवासमा


काठमाडौँ – नेकपा एमालेका युवा नेता योगेश भट्टराई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सरकारी निवास बालुवाटार पुग्नु भएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव नेपाल पक्षका नेता भट्टराई बुधबार दिउँसो अध्यक्ष तथा प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुग्नुभएको हो ।

पार्टीभित्रको मतभेद र विगतमा भएका शीर्ष नेताहरुको खिचातानीलाई भुलेर पार्टी विभाजन हुनबाट बचाउन भट्टराईले ओलीलाई आग्रह गर्नुभएको थियो । ओलीसँगको भेटमा भट्टराईले तीतामिठा कुरालाई विर्सेर पार्टीलाई फुटबाट जोगाउनमा जोड दिनुपर्ने बताउनु भएको बालुवाटार स्रोतले जनाएको छ । अध्यक्ष ओलीले मंगलबार मात्रै नेता माधव कुमार नेपालसहित केन्द्रका २७ सहित प्रदेशका ५ जना सांसदलाई स्पष्टिकरण सोध्नुभएको थियो ।