राजनीति

नवनियुक्त न्यायाधीशहरुले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौँ – सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र कुमार चुडालले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.ले नवनियुक्त न्यायाधीशहरु सुवेदी र चुडाललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । न्यायाधीशद्वयले नेपाली जनता, संविधान र अन्य कानूनप्रति पूर्ण निष्ठावान रहि सर्वोच्च पदको जिम्मेवारी इमान्दारपूर्वक पालना गर्ने भनी ईश्वरको नाममा शपथ लिनुभएको छ । न्यायपरिषद्द्वारा प्रस्तावित दुवै जनाको नाम संसदीय सुनुवाई समितिले गत शुक्रबार अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायधीश पदमा नियुक्त गर्नुभएको थियो । सर्वोच्च अदालतका न्यायाधीशरुको शपथ ग्रहण राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने चलन रहेको छ ।