खेलकुद

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले ब्याटिङ गर्दै


काठमाडौँ – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेदरल्याण्डसँगको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा प्रतियोगिता अन्तर्गतको चौथो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको चियो भने दोस्रो खेलमा मलेसियालाई पनि ९ विकेटले हराउँदै दुई खेलमा स्पष्ट नतिजा निकालेको थियो ।

नेदरल्याण्ड्ससँगको खेलमा नेपाल विजयी भए एक खेलअघि नै फाइनल पुग्नेछ ।