राजनीति

दिउँसो १ बजे माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । सरकारलाई दिएको समर्थन फिर्ता नलिँदा आलोचित बनेको माओवादीले आज दिउँसो १ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको हो ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता, नयाँ सत्ता समीकरणको प्रयास तथा पछिल्ला राजनीतिक घटनाक्रमकै समीक्षा हुने माओवादी केन्द्रका एक नेताले जानकारी दिएकाछन् ।