कोरोना विशेष

भारतले १८ वर्षभन्दा कम उमेरका सबैलाई कोरोना खोप दिने


काठमाडौँ – भारत सरकारले १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने घोषणा गरेको छ । आगामी मे महिनाको १ तारिखदेखि १८ वर्षभन्दा कम उमेरका हरेक व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइने भारतीय संचारमाध्यमहरूले जनाएका छन् ।

यसअघि ४५ वर्षभन्दा बढी उमेरकालाई मात्रै कोरोनाविरुद्धको खोप लगाइएको थियो । मे १ देखि भारतमा कोरोनाविरुद्धको खोप अभियानको तेस्रो चरण सुरु हुने छ । यो चरणमा खोप लगाउने कार्यलाई तीव्रता दिने र त्यसको दायरा पनि बढाउने निर्णय सरकारले गरेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । भारतमा कोरोनाविरुद्धको खोप अभियानको पहिलो चरण १६ जनवरीदेखि सुरु भएको थियो ।

सुरुमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिएकाहरुलाई दिइएको थियो । खोपको दोस्रो चरण १ मार्चदेखि सुरु भएको थियो । दोस्रो चरणमा ४५ वर्षभन्दा माथिका लागि मात्रै खोप दिइएको थियो । यसैबीच, कोरोना संक्रमण बढ्दै गएपछि भारतको राजधानी नयाँ दिल्लीमा गएरातिदेखि एक साताका लागि लकडाउनको घोषणा गरिएको छ ।